बृहत आँखा शिविरमा करिव तीन सय मोतिबिन्दुका बिरामीको सफल अप्रेसन हुँदै

बृहत आँखा शिविरमा करिव तीन सय मोतिबिन्दुका बिरामीको सफल अप्रेसन हुँदै

अन्जनी कुमार अधिकारी , उदयपुर । चौदण्डीगढी नगरपालिका तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा संचालित एक हप्ते निशुल्क आँखा शिविर अन्तर्गत मोतिबिन्दु भएका बिरामीहरुको सफल अप्रेसन सुरु गरिएको छ । 
गत  पौष १७ गते बाट नगरको दश वटै वडामा संचालित आँखाको सिविरमा २५ सय जनाको आँखा परिक्षण गरिएको थियो । नगर भित्र गरिएको आँखा परिक्षणमा करिव तीन सय जनाको आँखामा मोतिबिन्दु समस्या पाइएको हो ।  सिविरमा पाइएका मोतिबिन्दुका विरामीहरुको हिजो सोमबार बाट सफल अप्रेसन चौदण्डीगढी नगरपालिका ६ मा रहेको कोभिड अस्पातलमा सुरु गरिएको छ ।  


चौदण्डीगढी नगरपालिका नगर प्रमुख कालुमान लामाले गत बर्षबाट आफुहरुले निरन्तररुपमा आँखाको सिविर संचालन गर्दै आएको र बर्षौ देखी मोतिबिन्दु भएर दुवै आँखा देख्न नसक्ने हुनु भएकाहरुको समेत यस सिविर मार्फत पहिचान गरि सफलरुपमा अप्रेसन गराएर आँखा देख्ने बनाउन सकिएको बताउदै नगवासीलाई संसार देखाउन पाउनु आफूहरुका लागि चौदण्डीगढी नगर सरकार जनताको सेवामा समर्पित भएको आभास भएको बताउनु भयो 
 

चौदण्डीगढी नगरपालिकाले सिविर द्वारा ठुलो संख्यामा मोतिबिन्दुका बिरामीको सफल उपचारका गरे संगै स्थानियमा खुशी छाएको छ। जनप्रतिनिधीले जनतामा प्रतक्ष लाभ हुने कार्य गरेको भन्दै उनिहरु हर्षित बनेका हुन। 
स्थानीय चौदण्डीगढी नगरपालिका ४ बसाहाका सैनबहादुर राइ बिगत एक बर्ष देखी आँखा देख्न छोड्नु भएको थियो अहिले सफल अप्रेसन पश्चात आँखा देख्न थाल्नु भएको छ भने नगर कै वडा नं. १० हडिया कि रेशमी दनुवाले पनि बिगत ७ महिना देखी नदेखेको आँखा अहिले मोतिबिन्दुको अप्रेसन पश्चात देख्न थाल्नु भएको छ  ।

चौदण्डीगढी नगरपालिकाका मोतिबिन्दुका बिरामीले आफ्नो आँखाको उपचार गर्न लाहान, बिराटनगर, काठमाण्डौ पुगेर महिनौ कुरेर अप्रेसन गराउदै आएका थिए भने झन्डै प्रती ब्याक्ती लाखौं खर्च समेत गर्दै आएका थिए। नगरले निशुल्क सिविरको आयोजना गरेपछी उक्त सबै झण्झटबाट स्थानियले मुक्ती पाएका हुन।  
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंले देश भरिनै यस्तो कार्यक्रमको आयोजना गर्दै आएको छ । गत बर्ष मात्र देश भरिबाट तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंले करिव १० हजार मोतिबिन्दुका बिरामीको सफल उपचार गरेको थियो भने यो बर्ष उसले १७ हजार भन्दा धेरैजनाको मोतीबिन्दुको सफल उपचार गर्ने लक्ष्य  राखेको छ ।
 

चौदण्डीगढी नगरपालिकाले गत बर्ष मात्र नगर भित्र संचालन गरेको सिबिर मार्फत २२ सय ३५ जनाको आँखाको परिक्षण गराएको थियो। भने उनिहरु मध्य २२५ जनमा मोतिबिन्दुको समस्या देखिएकोमा उनीहरुको सफलरुपमा निशुल्क सल्यकृया गराएको थियो ।  यो बर्षको सिविर पुस २५ गते बुधबार सम्पन्न हुने चौदण्डीगढी नगरपालिकाले जनाएको छ ।  
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार