उदयपुर सदरमुकाम गाईघाटमा भिषण आगलागी, करिव अढाई करोड बराबरको क्षति

उदयपुर सदरमुकाम गाईघाटमा भिषण आगलागी, करिव अढाई करोड बराबरको क्षति

अञ्जनी कुमार अधिकारी, उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा भिषण आगलागी हुँदा करोडौंको क्षति भएको छ । 
राज अटो पार्टस पसलबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले पाँच पसलमा पूर्ण क्षेती र ५ पसलमा आंसिक क्षेती हुदाँ करिव अढाई करोड बराबरको क्षति भएको हो । आगलागीका कारण राज अटो पार्टस पसल पुर्ण रुपमा  जली नष्ट हुदा अन्दाजी ७० लाख बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सोही आगलागीमा ईजिकुल ईन्जिनियरीङ सेन्टर पुर्ण रुपमा जली नष्ट हुदाँ अन्दाजी ८ लाख, राम उद्गार सहनी माछा पसल पुर्ण रुपमा जली नष्ट हुदाँ अन्दाजी १ लाख ५० हजार, पंडित पान पसल पुर्ण रुपमा जली नष्ट हुदाँ अन्दाजी ५ लाख, महालक्ष्मी अटो पार्ट्स पुर्ण रुपमा जली नष्ट हुदाँ ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिनु भयो ।

वहाँका अनुसार शाही होटलमा आंसिक क्षति हुदा ५० हजार, किरण होटल १५ हजार, नरसिंह अटो सेन्टर १५ लाख, चाँदनि साईकल पसलमा ६० हजार र कोसेलि घरमा २० हजार बराबरको क्षति पुगेको छ ।
आगो नियन्त्रणमा लिन सो क्षेत्रका ७ वटा पसल स्काभेटर लगाएर भत्काईएको थियो । आगलागीबाट ग्यारेजमा मर्मत गर्न राखिएका नयाँ र पुराना गरी कम्तीमा ५० थान मोटरसाईकल तथा मोटर र लेथ मेसिन सहित बिभिन्न यन्त्र उपकरणहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रियुगा, चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकाको दमकलको सहयोगमा स्थानीयले झण्डै डेढघण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए ।
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार