जेठ ३ देखि ७ सम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

जेठ ३ देखि ७ सम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ । 
पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । 
यसअघि, माघको १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो तर राष्ट्रियसभा निर्वाचन र जाजरकोट भूकम्पका कारण महाधिवेशन सार्ने निर्णय गरिएको समाजवादीले जनाएको छ । त्यस्तै बैठकले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ । राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका तयार गर्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति निर्माण गरिएको खतिवडाले जानकारी दिनुभयो । बैठकले विधानमा छलफल गर्न कार्यदल गठन, राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि समिति गठन गरिएको उहाले बताउनुभयो । 
त्यस्तै मंसिर २८ र २९ गते सचिवालयको बैठक, पौषको ९ गते स्थायी कमिटी, १० गते पोलिट्व्युरो र पौष ११ र १२ गते केन्द्रीय कमिटिको बैठक बस्ने खतिवडाले जानकारी दिनुभयो । 
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार