भूकम्प पिडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर–गृहमन्त्री श्रेष्ठ

भूकम्प पिडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर–गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पिडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । 
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उहाले आवास निर्माणका लागि ५० हजार दिने कामलाई प्रभावकारी बनाएको र स्थानीय तहले आवश्यक सहजीकरण गरिरहेको बताउनुभएको हो । अस्थायी आवासका लागि पहिलो किस्ता लिएर घर बनाउन सुरु गर्नेलाई तत्कालै अर्को किस्ता दिने व्यवस्था गरिएको उहाले जानकारी दिनुभयो । 


भूकम्पपिडित सवैलाई अस्थायी आवास र पूननिर्माणलाई स्थानीय तहको सिफारिसमा काम गर्ने गरि सरकारले योजना बनाएको उहाको भनाइ छ । एउटै घरभित्र रहेका दुईतिनवटा परिवारलाई अस्थायी आवासको फरक फरक सुविधा दिन नसकिने भन्दै उहाले पूननिर्माणका समयमा भने आवश्यक छलफल गर्न सकिने जिकिर गर्नुभयो । त्यस्तै भूकम्पपिडित सुकुम्वासीको हकमा अस्थायी आवासको सुविधा दिईहाल्ने नीति रहेको उहाले जानकारी दिनुभयो । 


जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प कारण जाजरकोटमा १०१ जना र रुकुम पश्चिममा ५३ जना गरि १५४ जनाको मृत्यु भएको थियो भने ३६६ जना घाइते भएका थिए । भूकम्पका कारण जाजरकोटमा पूर्णक्षति भएको घरको संख्या ९,७९४ हजार र आशिंक क्षति भएको घरको संख्या २४ हजार रहेको गृहमन्त्रालयले जनाएको छ । त्यस्तै रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण रुपमा क्षति भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार