काठमाडौं । फिफा विश्वकप र एएफसी एसिया कपको छनोट चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र यमनबीचको खेल काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा मंगलबार साँझ ७ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । फिफा बरियतामा यमन १ सय ५६ औं स्थानमा छ भने नेपाल १ सय ७३ औं स्थानमा रहेको छ ।
नेपाली राष्ट्रिय फूटवल टिमले अर्को चरण पुग्नका लागि खेल जित्नेपर्ने भएकाले शतप्रतिशत दिएर खेल्ने जनाएको छ । सोमबार काठमाडौंमा आयोजित प्रि–म्याच कम्फ्रेन्समा प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अंक जोड्नका लागि नेपाललाई उक्त खेल निकै महत्वपूर्ण रहेको बताए ।
त्यस्तै कप्तान किरण लिम्बुले खेलका लागि राम्रो तयारी भएको र जित हासिल गर्नेगरि मैदान उत्रने बताए ।
छनोट चरणको पहिलो खेलमा नेपाल घरेलु टोली यूएईसँग ४–० ले पराजित भएको थियो । यमनसंगको खेलका लागि एन्फाले साधारण पाराफिटतर्फ रु ४ सय र भिआइपी पाराफिटतर्फ रु १ हजार टिकट दर कायम गरेको छ । प्रतियोगिताको अनुमानित बजेट रु ७३ लाख ६८ हजार ४ सय रहेको एन्फाले जनाएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?