नारायणी नदीमा छठ पर्वको रौनक

नारायणी नदीमा छठ पर्वको रौनक

ईश्वर जोशी, चितवन । चितवनको पबित्र तिर्थ स्थल नारायणी नदीमा छठ पर्व मनाउन भक्तजनहरुको घुईचो लागेको छ । हिन्दुहरुको महान पर्वको रुपमा रहेको छठ पर्व मनाउन चितवन लगाएत बिभिन्न स्थान बाट भक्तजनहरु अस्ताउदो सुर्यलाई अर्घ दिन नारायणी नदी किनारमा जम्मा भएका हुन । छठ पर्वको लागि नारायणी नदी किनारलाई दुलही जसरी सिगार पटार गरेका छन् । छठ पर्वको पुजा गर्न भक्तजनहरु बिभिन्न पुजाका सामग्री र प्रसादहरु बासको ढकियामा बोकेर नारायणी नदी किनार आएका थिए । भक्तजनहरुको सुबिधाको लागि तराई सामुदायी सेवा समिति चितवनले नारायणी नदी किनारमा टेण्ट लगाएर भक्तजनहरुलाई बस्ने र पुजा गर्ने प्रबन्ध मिलाएको छ । बिशेष गरी तराईका समुदायले मनाउने छठ पर्व अहिले सबै जातजातिहरुको साझा पर्वको रुपमा मनाउन थालेका छन् । छठ पर्वमा ब्रतालु भक्तजनहरुले एक दिन अगाडी खरानामा उपबास बस्ने साझ सख्खरको खिर पकाएर चढाउने र त्यही प्रसादको भोजन गर्नै र भोली पल्ट अर्थात छठको दिन भर उपबास बसेर सुर्यलाई अर्घ दिने र उदाउदो सुर्यलाई अर्घ दिए पछी मात्र ब्रत समाप्त हुने तराई सामुदायीक सेवा समितिका सचिब नारद प्रसाद परिहस्तले बताउनु भयो ।

छठ पुजामा सुर्यदेबलाई गहु पिठो र सख्ख बाट बनेको परिकारका साथै प्रकृतिमा उब्जीएका फलफुल सखरखण्ड अदुवाको बोट मुला उखु लगाएतका प्रसाद चढाउने गरेको उहाले बताउनु भयो । छठ पर्व सद्भाब एकता सहिष्रुता र पबित्रताको प्रतिकको रुपमा रहेको पारीवारको सुख शान्ती दिर्धायु र सन्तानको कल्याणको हेतुले पनि बिशेष महत्व रहेको सचबि परिहस्तले बताउनु भयो ।

सम्पुर्ण शक्ति प्राप्तीको लागि पनि छठमा सुर्यदेबलाई अर्घ दिएर पुजा गर्ने गरेका छन् । छठ पुजा गर्नको लागि भक्तजनहरु आ आफ्नो भाकल अनुसार कोही बाजा गाजाका साथ नारायणी तर्फ आएका थिए भने कोही घर देखि नै नदी किनार सम्म घस्रेर आईरहेका थिए । छठ पर्ब तराई बासीले मात्र मनाउने गरेकोमा अहिले सबै जातजाती मनाउने गरेको र छठ पर्ब तराईबासीको मात्र नभई सबै जातीको भएको भक्तजनहरुले बताउनु भएको छ ।

छठ पर्बमा पुजा गर्न हजारौको सख्यामा भक्तजनहरु नारायणी नदी किनारमा आएका थिए । चितवनमा छठ पर्बको अबसरमा पछिल्ला समयमा भक्तजनहरु बृध्दि हुदै गएको देखिन्छ ।
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार