टिकटक बन्द गर्ने निर्णयबिरुद्ध सर्वोच्च अदालतमा आधादर्जन बढि रिट, सोमबारबाट सुनुवाई

टिकटक बन्द गर्ने निर्णयबिरुद्ध सर्वोच्च अदालतमा आधादर्जन बढि रिट, सोमबारबाट सुनुवाई

काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयबिरुद्ध सर्वोच्च अदालतमा आधादर्जन बढि रिट निवेदन दर्ता भएको छ । 
टिकटक बन्द गर्ने निर्णय नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल लगायतले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् ।  दर्ता भएका रिट निवेदनहरुमाथि आगामी सोमबारबाट सुनुवाई हुने बरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिनुभयो ।

त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने माग गरेको जानकारी दिनुभयो । संविधनमा हरेक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको अधिकार सुनिश्चिचता गरिएको भन्दै सरकारको निर्णय बदर गर्नुपर्ने उहाले बताउनुभयो ।  

उहाले बिज्ञहरुको टाक्सफोर्स बनाएर सामाजिक सञ्जालमा भइरहेको दूरुपयोग गर्न सरकारले पहल लिनुपर्ने जिकिर गर्नुभयो । त्यस्तै अधिवक्ता स्वागत नेपालले टिकटक बन्द गर्ने निर्णय आधारहिन भएकाले यसलाई बदर गर्नुपर्ने मागसहित रिट निवेदन दर्ता गरिएको बताउनुभयो । अभिव्यक्ति स्वतन्त्रताको विपरित सञ्चारमाध्यमलाई प्रतिवन्द गराउनु जायज नभएको उहाको भनाइ छ । 
टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्भाव खल्वलिएको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार