पर्सा । पूर्व सांसद हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गर्नुहुने भएको छ । मंसिर ५ गते पर्साको पोखरीयामा हुने एक कार्यक्रमकाबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई एमाले प्रवेश गराउन लाग्नुभएको हो । वीरगंजका रौनियार निर्माण व्यवसायी तथा पूर्व सांसद हुनुहुन्छ ।
सरोकार टेलिभिजनसंग कुरा गर्दै रौनियारले आफू सत्रिय राजनीतिमै रहने र नेकपा एमालेमा प्रवेश गर्ने जानकारी दिनुभयो । रौनियारले देश र जनताको पक्षमा काम गर्न नेतृत्वमा स्पष्ट अडान र विकास समृद्धिका पक्षमा एमाले मात्रै रहेको बताउनुभयो । पोखरीयमा हुने कार्यक्रमको व्यवस्थापन समेत रौनियारले गर्नुभएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?