ईश्वर जोशी, लमजुङ । ग्रामिण बस्ति पनि पर्यटकहरुको आकर्षण बन्द सक्दो रहेछ भन्ने कुरा स्मार्ट भिलेज घले गाँउले देखाएको छ । ग्रामिण पर्यटनको रुपमा रहेको घले गाँउमा आन्तरीकदेखि बिदेशी पर्यटक सम्म आउने गरेका छन् । नेपाल कै प्रसिद्ध गन्तब्यस्थल अन्नपुर्ण पदमार्ग अन्नपुर्ण सरक्षण क्षेत्र आयोजना भित्र पर्ने अन्नपुर्ण हिमाल र लमजुङ हिमालको काखमा रहेको छ । बाईसे चौबिसे राज्यकालमा घले राजाले राज्य गरेको यस स्थानको आफ्नै ऐतिहासिक महत्व रहेको गुरुङहरुको उद्गम स्थल घले गाउ समुन्द्री सतह देखकरीब २ हजार १ सय मीटर उचाईमा रहेको छ । गुरुङ जातीको बाहुल्य रहेको घले गाउमा आन्तरीक र बिदेशी पर्यटकहरु यहाको मनोरम दृश्य र कला सस्कृती अबलोकनको लागि आउने गरेको छन् ।
लमुजुङको घले गाँउ जीबनमा एक पटक आउनै पर्ने स्थान स्थान रहेको काठमाण्डौकी पेम्मा डंगोलले बताउनु भयो । करीब १ सय २० घर एकै स्थानमा बसोबास गरेको दृश्य माथीबाट हेर्दा निकै आकर्षक देखिन्छ । नेपाल कै दोश्रो होम स्टे अर्थात घरबास कार्यक्रम यस गाउमा सचालनमा रहेको छ । करीब ४४ घरले होम स्टे सचालन गरेर पर्यटकहरुलाई सेवा दिदै आएको छ । घले गाँउ निकै सुन्दर लागेको र यहाको प्राकृतिक दृश्यले मोहीत भएको नवलपरासीका सन्तोष उपाध्यायले बताउनुभयो ।
घले गाँउबाट लमजुङ हिमाल अन्नपुर्ण हिमाल माछापुच्छ्र्रे हिमाल मनासलु हिमाल हिमचुली डाडाँचुली र बद्ध हिमालका साथै सुर्योदयको पनि अवलोकन गर्न सकिन्छ । यहाँ आउने पर्यटक बिहानी सुर्योदयको दृश्य र हिमाल हेरेर दगं पर्ने गर्छन । टिकटक बनाउने सेल्फी खिच्ने र फोटो खिच्ने गरेको दृश्य देख्न सकिन्छ ।
यहाँको आउने पर्यटकहरु होम स्टेमा बस्ने र मौलिक खाना खानामा रमाउने गरेका छन् । घले गाउ आउने आन्तरीक बिदेशी पर्यटकहरु लाई यहा उत्पादन भएको कोदो धान र साग केडा गुडी लगाएतको मौलिक खानाहरु दिने गरेको होम स्टे सञ्चालक कृति घलले बताउनु भयो । पर्यटकको सिजनमा ८० हजार सम्म आम्दानी हुने गरेको उहाले बताउनुभयो ।
घले गाँउबाट लमजुङ हिमाल अन्नपुर्ण हिमाल माछापुच्छ्र्रे हिमाल मनासलु हिमाल हिमचुली डाडाँचुली र बद्ध हिमालका साथै सुर्योदयको पनि अवलोकन गर्न सकिन्छ । यहाँ आउने पर्यटक बिहानी सुर्योदयको दृश्य र हिमाल हेरेर दगं पर्ने गर्छन । टिकटक बनाउने सेल्फी खिच्ने र फोटो खिच्ने गरेको दृश्य देख्न सकिन्छ ।
घले गाउ आउने पर्यटकहरु यहाँको चिया बगानमा पनि रमाउने गरेका छन् । घले गाउमा कोभिड १९ को महामारी भन्दा अगाडी बार्षिक सजनको समयमा २८ हजार सम्म पर्यटक आएको पर्यटन ब्यबस्थापन समिति ग्रामीण पर्यटन घले गाँउका कार्यालय सचिब दिर्घ घलले बताउनु भयो ।
घले गाँउ घुम्न आउने पर्यटकहरुलाई समितिले नै आलो पालो गरेर ब्यबस्थापन गर्ने गरेको उहाले बताउनु भयो । घलेगाँउमा ३ सय देखि ३ सय २० पर्यटकहरु लाई बस्ने ब्यबस्था रहेको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?