उदयपुर प्रहरीद्वारा पटका बरामद गरि नष्ट

उदयपुर प्रहरीद्वारा पटका बरामद गरि नष्ट

अन्जनी कुमार अधिकारी , उदयपुर  ।उदयपुर प्रहरीले तिहारमा पड्काउन ल्याएका पटका बरामद गरि नष्ट गरेको छ । उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार अबैध रुपमा जिल्लाका बिभिन्न नाकाहरुबाट भित्रिएका बारुद जन्य पटका बरामद गरि नष्ट गरिएको हो । एसपी थापाका अनुसार चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार परिचालित प्रहरीको टोलीले जिल्लाको विभिन्न स्थानबाट ११ हजार २ सय ६० थान बारुद जन्य पटकाहरू नियन्त्रमा लिएर नष्ट गरेको हो ।

केही दिन अघि मात्र जिल्ला प्रशासन कार्यालयले एक बिज्ञप्ति जारी गर्दै चाडपर्वको समयमा पटका, आतिशवाजी जस्ता प्रज्ज्वलनशील पदार्थ पड्काउने, किनबेच, ओसार पसार गर्ने, मदिरा सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने, जुवा तास, उच्छृङ्खल देउसी भैलो एवं कानूनले निषेध गरिएका कार्य नगर्न नगराउन सम्पूर्ण जिल्लावासीलाई अनुरोध गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

सम्बन्धित समाचार