काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले जाजरकोट भूकम्पमा परि घाइते भइ उपचार गरिरहेकाको अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।
बुधबार काठमाडौंको महाराजगंजस्थीत शिक्षण अस्पताल पुगेर मन्त्री बस्नेतले भूकम्पमा परि घाइते भइ उपचार गरिरहेकाका विरामीको अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।
सो क्रममा मन्त्री बस्नेतले घाइतेहरुको निशुल्क उपचार गर्न निर्देशन दिएको र उपचारपछिको शुल्क मन्त्रालयले व्यहोर्ने गरि व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाले विरामीको उपचार ठिक ढंगले अघि बढेको पाइएको बताउनुभयो ।
उहाले भूकम्पपिडितको राहतका लागि पनि कुनै कमजोरी हुन नदिने जिकिर गर्नुभयो । शिक्षण अस्प्तालमा जाजरकोट भूकम्पमा परि घाइते भएका १० जनाको उपचार भइरहेको अस्पतालका डाक्टर दिनेश काफ्लेले जानकारी दिनुभयो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?