सप्तकोशीमा विपद् उद्धार डेमो, विपद् व्यवस्थापनको लागि प्रदेश सरकार तल्लिन–मुख्यमन्त्री कार्की

सप्तकोशीमा विपद् उद्धार डेमो, विपद् व्यवस्थापनको लागि प्रदेश सरकार तल्लिन–मुख्यमन्त्री कार्की

अन्जनी कुमार अधिकारी, उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकरा विपद् व्यवस्थापनको लागि तल्लिन रहेको बताउनु भएको छ ।
शुक्रवार सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह वाहिनी मुख्यालयले आयोजना गरेको गोताखोर तालिम विपद् उद्धार डेमो सहितको अन्तिम प्रवचन कार्यक्रममा मुख्यमन्त्री कार्कीले सोकुरा बताउनु भएको हो ।
मुख्यमन्त्री कार्कीले विपद् व्यवस्थापनको लागि सशस्त्र प्रहरी संग मिलेर काम गरिरहेको बताउदै गोताखोर तालिम विपद् उद्धार डेमो मात्र नभएर जोखिम युक्त घटना समेत ज्यानको वाजी लगाएर उद्धारमा लागिपरेको बताउनु भयो । हरेक बर्ष हुने बाढी पहिरोको जोखिमलाइ न्यूनीकरण गर्न आफुहरुले कसरी उक्त जोखिमलाई समयमै न्यूनीकरण गर्न सकिन्छ भनेर लागि परेको जिकिर गर्नु भयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकार आउदा दिनहरुमा विपद् ब्यबस्थापन र उद्धारको बहानामा चाउचाउ र चामल बाढ्ने, तस्बिर खिचाएर भाइरल बन्न खोज्नेको भिडको अन्त्य गर्ने गरि काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह वाहिनी मुख्यालयका बाहिनीपति,  सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेलले सशस्त्र प्रहरी बल नेपालले विपद् जोखिमका संभावित क्षेत्रहरु पहिचान गर्दै सो को प्रतिकार्य सम्बन्धी आफ्नो जनशक्ति तयार गर्दै आईरहेको बताउनु भयो । वहाँले विभिन्न नदिनाला, ताल तलैया तथा पोखरीहरुमा डुबेर विभिन्न दूर्घट्नाहरु भईरहेको अवस्थामा २०६९ सालमा सशस्त्र प्रहरी बल, नेपालका २५ जना सशस्त्र प्रहरी संगठनको कर्मचारीहरुलाई बंगलादेशमा पठाई गोताखोर तालिम दिलाई उक्त जनशक्तिबाट खोज तथा उद्धार कार्य शुरुवात गरिएको बताउनु वहाँले तिनै बंगलादेशबाट तालिमप्राप्त गोताखोर सशस्त्र प्रहरी कर्मचारीहरुबाट यस भन्दा अगाडि ३ वटा तालिमहरु सम्पन्न भई गोताखोर तालिम प्राप्त जनशक्ति संख्या ७४ जना रहेकोमा आज शुक्रवार भएको  तालिम समापन पश्चात सशस्त्र प्रहरी बलमा ९२ जना गोताखोरहरु पुगेको बताउनु भयो । भने तालिम प्राप्त उक्त गोताखोर जनशक्तिलाई देशको ८ स्थान कैलाली, सुर्खेत, बाँके, पोखरा, काठमण्डौ, कुरिनटार, महोत्तरी र सुनसरीमा परिचालन जानकारी दिनु भयो ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलले विपद खोज तथा उद्धार कार्य अन्तर्गत गत आर्थिक वर्षमा कोशी प्रदेशमा घटेका विपदका विभिन्न ६२२ वटा घट्नाहरुमा सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन भई १५३८ जनाको उद्धार तथा १०३ वटा शवहरु उद्धार  गरेको थियो भने यस आर्थिक वर्षमा विभिन्न २५ वटा घट्नाहरुमा सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन भई २ जनाको उद्धार तथा १२ वटा शवहरु निकालिएको बताउनु भयो ।
सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह वाहिनी मुख्यालयले आयोजना गरेको गोताखोर तालिम विपद् उद्धार डेमो सहितको अन्तिम प्रवचन कार्यक्रममा गएका १२ जना पत्रकार र अतिथि सवार मोटरबोट कार्यक्रमको पुर्व सन्ध्यामा सप्तकोशी नदीमा डुबेको थियो उनीहरुको सोही कार्यक्रममा उपस्थित गोताखोरको टोलीले सकुशल उद्धार गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार