काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मरेलिया उन्मुलन गर्न दक्षिया पूर्वी एशियाली देशहरुबिच आपसी सहकार्य आवश्यक रहेको बताउनुभएको छ । दक्षिण पुर्व एशिया क्षेत्रिय समुन्वय संयन्त्र फोरम एसआरसिएमएफको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको मलेरिया उन्मुलनका लागि दक्षिण पुर्वी एशियाका सांसदहरुको योजना तथा तयारीका लागि प्राविधिक समितिको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले आपसी सहकार्यमा जोड दिनुभएको हो । मन्त्री बस्नेतले भन्नुभयो , ‘ मलेरिया उन्मुलन हामी सबैको साझा अजेण्डा हो । एक देशको प्रयासले मात्र दक्षिण पुर्वी एशियाबाट मलेरिया उन्मुलन गर्न सकिदैन । यसमा सबैको प्राविधिक र आर्थिक सहकार्य आवश्यक छ ।’
खुला सिमाना र बसाईसराईका कारण पनि मलेरिया उन्मुलन चुनौतिपूर्ण भएको बताउदै मन्त्री बस्नेतले सबैको सहकार्य भए सन् २०३० सम्म दक्षिण पुर्वी एशियाबाट मलेरिया उन्मुलन गर्न सकिने बताउनुभयो ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा।रोसन पोखरेलले दक्षिण पुर्व एशियाका ११ वटै देशको दृढ सहकार्य भएको अवस्थामा सन् २०३० सम्म यो क्षेत्रबाट मलेरिया उन्मुलन गरि छाड्ने बताउनुभयो ।
बैठकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाका निर्देशक डा। रुद्र मरासिनी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समुन्वय महासाखाका निर्देशक डा। चुमनलाल दाशले दक्षिण पुर्वी एशियाका देशहरुबाट मरेरिया उन्मुलनका लागि बैठक फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । बैठक शनिबार सम्पन्न हुने छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?