पुननिर्मित उदयपुरगढीको उद्घाटनसंगै महाकालीको मूर्ति स्थापना

पुननिर्मित उदयपुरगढीको उद्घाटनसंगै महाकालीको मूर्ति स्थापना

अन्जनी कुमार अधिकारी, उदयपुर । उदयपुर जिल्लाको ऐतिहासिक एवम् पुरातात्वीक महत्तो बोकेको उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नति भए संगै आईतबार उद्घाटन गरिएको छ । 
जिल्ला सदरमुकाम गाईघाटबाट करिव ३८ किलोमिटर पश्चिमा समुद्र सतहदेखि झण्डै १ हजार १६० मिटरको उचाईमा १५ रोपनि क्षेत्रफलमा फैलिएको ऐतिहासिक उदयपुरगढीको पुननिर्माण भएपछि गढीले पुरानो आकार लिएको छ । 
तत्कालीन पञ्चावती गा.बि.स. मा पर्ने उदयपुरगढी दरवार हाल उदयपुरगढी गाउँपालिकामा पर्दछ । 

करिव तीनकरोड ५० लाख रुपैयाँ खर्चेर पुननिर्माण गरिएको सो पुरानो गढी दरवार आइतबार नेपाली सेनाका पूर्वि पृतना मुख्यालय ईटहरीका प्रमुख उपरथी आसवहादुर तामाङ् र उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानवहादुर केप्छाकी मगरले संयुक्त रुपमा एक समारोहकाबीच शीला अनावरण गरी उद्घाटन गर्ननुभएको हो । 
पुननिर्माण तथा स्तरउन्नति गरीएको गढी दरवारमा नेपालीहरुको महान पर्व बडा दशैंको आठौदिन महाअष्टमीका अवसरमा नेपाली सेनाको गाईघाटस्थित पशुपतिप्रसाद गणको सहयोग तथा १८ नं बाहिनी अड्डाको भुल्केको समन्वयमा गढीको मध्यभागमा निर्मित मन्दिरमा महाकाली भगवतीको मुर्ति समेत स्थापनागरी प्राणप्रतिष्ठा गरेर आजैबाट नियमित पूजाआरधना को शुरुवातसमेत गरिएको छ ।
पुननिर्माण तथा स्तरउन्नति गरीएको गढी उद्घाटन कार्यक्रम प्रतिनिधिसभाका साँसद अम्बरवहादुर रायमाझीको प्रमुख अथित्यतामा गरिएको थियो । कार्यक्रमा प्रमुख अतिथी रायमाझीले झण्डौउत्तलन गरी एतिहासिक गढीमा राष्ट्रिय झण्डा फहराउनुभएका थियो । 
कार्यक्रममा कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले रिवन काटेर गढी प्रवेश गर्ने मुख्यद्वार खुला गराउनुभएको थियो । 
सो कार्यक्रममा पञ्चकन्याबाट कलस यात्रा,नेपाली सेनाको ब्याण्डबाजा सहितको उच्च अधिकृतहरुको टोली,जनप्रतिनिधिहरु,राजनैतिक दलका कार्यकर्ता तथा महिला दिदिबहिनीहरुको भव्य रुपमा सहभागिता रहेकोथियो ।
झण्डै दुईसय ५० वर्षभन्दा अघिक ध्वस्त गढीको भग्नावशेषलाई पुनर्जीवनदिदै गढी पुनर्सरचनाकार्यले गढीमा तत्कालीन सैनिक बंकर, कोत खाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त संरचनाहरुलाई पुनसंरचना गरि आन्तरिक तथा वाहिय पर्यटनको गन्तब्यस्थलका रुपमा विकसित गरिएको उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानवहादुर केप्छाकील बताउनु भयो । तत्कालीन समयमा पृथ्वीनारायण शाहको फौजले आक्रमण गरीएको गढीको इतिहास झल्काउँदै पर्यटन विकास गर्ने उदेश्यले गाउँपालिकाले त्यहाँ पुनारो गढीको पुननिर्माणको योजना अघि सारेको बताईएको छ । 
पुरानो गढीको वरिपरि एकसय ३० मिटर गोलो बंकर, बंकरको बीचमा पाँचसय मिटर व्यास सहितको गोलाकार अग्लो भागमा आठ त्रिभुज (अष्टकोण) आकारको गढीको निर्माण गरिएको छ । 
गढीको वरिपरि बाहिरपटि छ फीट र भित्रपटि १४ फीट उचाईको गारो लगाएर बंकर पुननिर्माण गरिएको छ । प्राचीन गढीे झल्काउने गरी काँचो ढुङ्गा चिल्लो र निश्चित आयाताकारमा ढालेर कलात्मक बनाएर जडान गरीएको छ ।  

नेपाल सरकारले देशका  एकसय पर्यटकीय गन्तव्यमध्ये उदयपुरगढीलाइ पनि समेटेको छ । सोहि अनुसार पालिकाले पुरानो गढी पुनर्संंरचनाको योजना अघि सारेको हो । 
दुईसय ५० वर्ष अघि २२ से २४ से राज्यमध्ये एउटा राज्य रहेको उदयपुरगढी र चौदण्डीगढीलाई शाहवंशीय राजा पृथ्बीनारायण शाहका सेनाले कब्जा गरेकाथिए । पूर्वबाट किरात वंशका वल्लो किरात, पल्लो किरात र माझकिरात कब्जागर्दै आएका पृथ्वीनारायण शाहका सेनाले राज्य एकीकरणको क्रममा विजयपुरगढी, हतुवागढी, चौदण्डीगढी कब्जा गर्न उदयपुरगढीमा युद्धपोत स्थापना गरेर लडाई गरेको पुरातत्त्ताविद्हरुले बताउने गरेका छन । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार