बागलुङ । बागलुङको बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने भएको छ । स्वामी कमलनयनाचार्य श्रीजी महाराज श्री मुक्तिनाथबाबाको संकल्प अनुसार उक्त अस्पताल बन्ने भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार आयुर्वेद अस्पतालको शनिबार शिलान्यास गर्दै अस्पतालको भवनको पहिलो तला निर्माणका लागि ३८ लाख रुपैयाँ सङ्घीय सरकारकोतर्फबाट उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।
सो अवसरमा मन्त्रीसमक्ष आगामी फागुनमा आयोजना हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञ–२०८० बारे जानकारी गराइएको पञ्चकोट विकास समितिका सचिव नारायण आचार्यले जानकारी दिनुभयो ।
त्यसअघि बाग्लुङ नगरपालिका, वडा नं ६ स्थित सर्वसिद्दिधाम पन्चकोटको श्री विश्वशान्ती गण्डकी महासभाको २२ औं श्रीङ्खला स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?