संखुवासभा । संखुवासभा जिल्लाको खाँदवारी नगरपालिकाले शनिबारे र बुधबारे हाटलाई ब्यवस्थित गर्ने भएको छ ।
अव्यवस्थित तरिकाले खांदबारीमा लाग्ने शनिबारे र बुधबारे हाटका कारण बिभिन्न समस्या सिर्जना भएको भन्दै नगरपालिकाले ब्यवस्थित गर्न खोजेको हो । पटक पटक खांदबारी नगरपालिकाको कार्यालयले अनुरोध गर्दा समेत बिचौलिया ब्यवसायीहरुले अटेर गरेर बिक्रिबितरण गर्दा अर्गानिक र सानासाना कृषि उत्पादन बिक्रि गर्न ल्याउने कृषकहरुले ठाउँ नपाउदा भएको समस्या समाधान हुने नगर प्रमुख महेश थपलियाले बताउनुभयो ।
उहाले आयातित बस्तुको बिक्रिबितरणका लागि छुट्टै स्थान र स्थानीय उत्पादनको बिक्रिबितरणका लागि छुट्टै स्थान तोकिएको बताउनुभयो । तीन भागमा गरिएको व्यवस्थापनमा स्थानीय उत्पादनलाई कर नलिने नीति बनाएको उहाले जानकारी दिनुभयो ।
नगरले बजारलाई व्यवस्थीत गर्नका लागि साथ र सहयोग गर्न स्थानीयसंग अनुरोध पनि गरेको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?