काठमाडौं । राष्ट्रिय शिक्षा दिवसका अवसरमा सरकारले सूर्य आवासीय माविका संस्थापक नारायण श्रेष्ठलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको छ ।
दिवसका अवसरमा शिक्षा मन्त्रालयले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशबाट निजी लगानीका विद्यालय शिक्षक, कर्मचारी र संस्थापक तर्फ श्रेष्ठलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको हो । श्रेष्ठले शिक्षा, स्वास्थ्य क्षेत्रमा लामो समयदेखि उल्लेखनिय योगदान पुराउदै आउनुभएको छ ।
त्यस्तै दिवसका अवसरमा उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापकलगायतलाई पुरस्कार प्रदान गरिएको थियो ।
२०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्टताका आधारमा सामुदायिक र निजी विद्यालय, प्राविधिक विद्यालयतर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सिफारिसका आधारमा सम्बन्धित शिक्षालय, विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा उत्कृष्ट आङ्गिक, सामुदायिक र निजी क्याम्पसलाई पुरस्कार प्रदान गरिएको हो ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?