फिफा वेस्टु अवार्डको मनोनयन सार्वजनिक

फिफा वेस्टु अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । फिफा वेस्ट अवार्डको पुरुषतर्फको मनोनयन सार्वजनीक भएको छ । दुई पटकका अवार्ड विजेता मेस्सी र केलियन एमबाप्पे फिफाको वर्ष खेलाडीको मनोनयनमा परेका छन् ।

यस्तै म्यानचेस्टर सिटीलाई ट्रेबल उपाधि जिताएका क्लब ६ खेलाडी मनोनयनमा परेका छन् । जसमा एर्लिङ हालान्डदेखि जुलियन अल्भारेज, केभिन डि ब्रुइन, इलके गुन्डोगोन, रोड्री र बर्नान्डो सिल्भाले मनोनयनमा स्थान बनाएका छन् ।


प्रारम्भिक १२ जनाको सूचिमा इङ्ल्याण्डका डेक्लान राइस समेत परेका छन् ।

अर्जेन्टिनाका लियोनल मेस्सी यस अवार्डका पछिल्ला विजेता थिए । क्रिस्टियानो रोनाल्डोले फिफा वेस्ट अवार्डको पहिलो र दोस्रो संस्करणको उपाधि हात पारेका थिए । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार