लक्जेमबर्गविरुद्ध पोर्चुगलको सहज जित

लक्जेमबर्गविरुद्ध  पोर्चुगलको सहज जित

क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रेको पोर्चुगलले लक्जेमबर्गलाई को फराकिलो अन्तरले हराएको छ ।

रोनाल्डोले लगातार दुई खेलमा पहेलो कार्ड पाए पछि यो खेल गुमाएका थिए ।


पोर्चुगलको घरेलु मैदान इस्ताडियो अलगार्भेमा भएको खेलमा पोर्चुगलले लक्जमबर्ग विरुद्ध ९(० को गोल अन्तरको जित निकालेको हो ।

पोर्चुगलको जितमा गोन्कालो रामोस, डिफेन्डर गोन्कालो इनासियो र डिएगो जोटाले समान २(२ गोल गरे । भने, जोअ‍ाअ‍ो फेलिक्स, डिएगो होर्टा र ब्रुनो फर्नान्डेजले समान १(१ गोल थपे ।

पहिलो हाफमै ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा ५ गोल थपेको थियो ।

समूह ‘जे’मा रहेको पोर्चुगलको छ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । 

पराजित लक्जेम्बर्ग ६ खेलमा १० अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार