नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

काठमाडौं । म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई गरिएको छ । 
सोमबार ललितपुरमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रम गर्दै नेपाली टोलिको विदाई गरेको हो । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरूप नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।


यस खेलका लागी नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जव अल्बर्टो एनिसले आइतबार २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् । विदाई कार्यक्रममा मुख्य प्रशिक्षक भिन्सेन्जवले प्रतियोगीताका लागि नेपाल टोलीका सवै खेलाडी फिट रहेकाले राम्रो नतिजा आउने विश्वास व्यक्त गरे । आगामी दिनमा हुने ठूला छनौट प्रतियोगीताका लागि मैत्रीपूर्ण खेल महत्वपूर्ण हुने उनको भनाइ छ । 


त्यस्तै डिफेन्डर अनन्त तामाङले म्यानमारसंग खेल्नका लागि नयाँ खेलाडीहरु पनि तयार भएको र राम्रो खेल प्रदर्शन गर्ने बताए । मैत्रीपूर्ण खेल म्यानमारको रंगुनमा सेप्टेम्बर ८ र ११ मा हुने छ । एन्फाका अनुसार यी दुई मैत्रीपूर्ण खेल फिफा विन्डोअन्तर्गत हुन लागिएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार