डोलेश्वर मन्दिरका चारै ढोका भक्तजनका लागि खुला

डोलेश्वर मन्दिरका चारै ढोका भक्तजनका लागि  खुला

भक्तपुर । केदारनाथको शिर घोषणा भएको विशेष दिनको अवसरमा डोेलेश्वर महादेव मन्दिर आज भक्तजनका लागि बिहानैदेखि खुला रहेको छ । 

वर्षको तीन दिन मात्र भक्तजनहरूको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलेश्वर मन्दिर डोलेश्वर महादेव नै केदारनाथको शिर भएको घोषणा भएको विशेष दिनको अवसरमा खुल्ला गरिएको हो ।

केदारनाथका पीठाधीश जगतगुरु श्री भीमाशङ्कर लिङ्ग शिवाचार्यले २०६६ भदौ ६ गते डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गर्नुभएको थियो ।

सोही घोषणा पछि डोलेश्वरको प्रचार भई यहाँको धार्मिक पर्यटनमा टेवा पुगेको छ ।


बुधबार बिहानैदेखि भक्तजनहरूको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।

मन्दिर वर्षको तीन दिन मात्र सर्वसाधारण भक्तजनहरूका लागि मन्दिरका चारै ढोका खुल्ला हुने र बाँकी दिनमा पुजारीहरूको लागि मात्र मन्दिरको ढोका खुल्ला रहने समितिले जनाएको छ । समितिका अनुसार सो मन्दिर भक्तजनहरूका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रिका दिन मात्र भक्तजनहरूको लागि मन्दिर खुल्ला गरिन्छ ।

साथै बुधबार दिउँसो साढे २ बजे श्रावण १ गतेबाट सञ्चालन भएको श्रावणी मेला २०८० समापन हुने कार्यक्रम रहेको छ ।

डोलेश्वर महादेव नै केदारनाथको शिर भएको घोषणा भएको विशेष दिनको अवसरमा सुर्यबिनायक नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार