भारत र पाकिस्तानसंग खेल्न राष्ट्रिय क्रिकेट टिम तयार

भारत र पाकिस्तानसंग खेल्न राष्ट्रिय क्रिकेट टिम तयार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एसिया कपमा आफूहरुले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताउनुभएको छ । 
एसिया कपमामा सहभागी हुन पाकिस्तान जानु अघि मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले एसिया कपको नतिजा आफ्नो नियन्त्रणमा नरहेपनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा ध्यान केन्द्रीत गर्ने बताउनुभएको हो । भारत र पाकिस्तानसंगको खेललाई विश्वलाई हेर्ने भएकाले आफुहरुले कुनै कमजोरी नदोहराउने उहाले बताउनुभयो । उहाले टीममा सन्दीप लामिछानेको बिकल्प अरु कसैले लिन नसक्ने भन्दै एसिया कपमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । 


त्यस्तै राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाइले प्रत्येक खेलमा टीमलाई उत्कृष्ट नजिता निकाल्न टीमका प्रत्येक सदस्यहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाले खेलाडीले पाँच–महिना इन्डोर प्राक्टिस गरेको र एउटा मात्र बलिङ मेसिनमार्फत पुरानो बलले अभ्यास गरेको उल्लेख गर्नुभयो । खेल अवधिभर खेलका लागि लड्नुपर्ने उहाको भनाइ छ । 

एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुँदै छ । नेपाल घरेलु टोली पाकिस्तान र भारतको समूहमा रहेको छ । जसले गर्दा नेपालले पाकिस्तानसँग पाकिस्तानमा र भारतसँग श्रीलंकामा खेल्ने छ । नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्ताननमा भदौ १३ मा हुनेछ । भारतसँगको खेल श्रीलंकाको क्यान्डिमा भदौं १८ मा हुने तय भएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार