भक्तपुर बालसुधार तनाव, सयभन्दा बढि बन्दी फरार

भक्तपुर बालसुधार तनाव, सयभन्दा बढि बन्दी फरार

काठमाडौं । भक्तपुरको सानोठिमीस्थीत बाल सुधार गृहमा बालकको मृत्युको घटनालाई लिएर तनाव उत्पन्न भएको छ । 
बाल सुधार गृहमा रहेका कमल बस्नेतको समयमा नै उपचार नपाएको मृत्यु भएको भन्दै सुधार गृहमा रहेकाले बाहिर निस्केर प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको भएको हो । बिभिन्न अपराधमा मुछिएर बाल सुधार गृहमा राखिएका बालबालिकाहरुले बाहिर निस्केर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । 

सो क्रममा बाल सुधार गृहभित्रबाट सुरक्षाकर्मीमाथि ढुङ्गामुढा भएपछि स्थीति नियन्त्रणमा लिने क्रममा झडप भएको थियो । झडपका क्रममा ८ जना शसस्त्र प्रहरी, ७ जना प्रहरी र ६ जना बाल सुधार गृहमा रहेका बन्दीहरु घाइते भएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो । 

गेट बाहिर निस्केर प्रदर्शन गर्ने क्रममा केहि बालबालिका भागेको उहाले बताउनुभयो भागेका मध्ये अधिकांशलाई नियन्त्रणमा लिइसकेको र अन्यको पनि खोजी कार्य जानकारी रहेको निरौलाले बताउनुभयो । घटनापछि सुधारगृहबाहिर ठूलो संख्यामा सुरक्षकर्मी तैनाथ गरिएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार