नेपालसँग खेल्ने भारतको टोलीको घोषणा

नेपालसँग खेल्ने भारतको टोलीको घोषणा

काठमाडौं । नेपालसँगै एकै समूहमा रहेको भारतले एसिया कपका लागि टोलीको घोषणा गरेको छ । 

बीसीसीआईले रोहित शर्माको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको छ ।


भारतले पाकिस्तानसँग खेल्दै एसिया कपको सुरुआत गर्नेछ । 

विश्व क्रिकेटका शक्तिशाली दुई राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ । 

श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् ।

दुवै समूह शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् ।

सुपर फोरमा हरेक टिमले अर्को टिमसँग खेल्नेछ र शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

यस संस्करणको एसिया कप पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुदैछ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार