ललिता निवासबारे माधव नेपालले भने– कुनै बदमासी गरेको छैन

ललिता निवासबारे माधव नेपालले भने– कुनै बदमासी गरेको छैन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको बताउनुभएको छ ।  स्वीजरल्याण्ड पुगेका अध्यक्ष नेपालले नितान्त असल मनसायले बालुवाटार विस्तारको काम अघि बढाएको बताउनुभएको हो ।  


उहाले भन्नुभएको छ, एउटा भनाइ छ न बिराउनु न डराउनु । मैले केही बिराएको छैन, बदमासी गरेको छैन । भ्रष्टाचार गरेको छैन, मैले नितान्त असल मनसायले बालुवाटार विस्तारको मास्टर प्लानअनुसार अगाडि बढाएको हुँ। कुनै अनुचित काम मैले गरेको छैन । मैले राष्ट्रिय सम्पत्तिविरुद्ध र भ्रष्टाचारको पक्षमा कुनै काम गरेको छैन । त्यसो हुनाले मैले अदालतको निर्णयबारे केही भन्नु छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार