अफ्रिकामा खडेरी, लाखौं विस्थापित

अफ्रिकामा खडेरी,  लाखौं विस्थापित

एजेन्सी । खडेरीका कारण अफ्रिकाका करिब २७ लाख मानिस विस्थापित भएको तथ्यांक सार्वजनिक भएको छ ।

राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० ले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमालियामा १७ लाख, इथियोपियामा ५ लाख १६ हजार र केन्यामा ४ लाख ६६ हजार मानिस खडेरीका कारण विस्थापित भएका हुन् ।


खडेरी प्रभावित लाखौं शरणार्थीको चापले त्यस क्षेत्रमा खाद्य असुरक्षा बढाएको पनि प्रतिवेदनमा उल्लेख छ । सन् २०२० को अन्त्यदेखि लगातार सामान्यभन्दा कम वर्षा हुनु र सोमाली प्रायद्वीपमा व्यापक खडेरी परेका कारण कृषि, पशु, वनस्पति, जलस्रोत र चरन क्षेत्र प्रभावित भएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार