उड्दाउड्दै कोलम्बियामा दुई हवाईजहाज जुधे

उड्दाउड्दै कोलम्बियामा दुई हवाईजहाज जुधे

कोलम्बियामा उड्दाउड्दै दुई जहाज जुधेका छन् । कोलम्बियाको आइपे एयर बेस नजिकै दुई हवाईजहाज जुधेका हुन् । जुधेका हवाईजहाज तालिमको क्रममा रहेका कोलम्बियाको हवाई सेनाका दुई टि–२७ नामक जहाज भएको बताइएको छ ।


आइतबार दुई हवाईजहाज जुध्दा एक पाइलट लेफ्टिनेन्ट कर्नेलको मृत्यु भएको छ । हवाईजहाज जुधेको भिडियो फुटेज अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

जुलाई २० मा कोलम्बियाली सहर रियोनेग्रोमा हुने हवाई सोको तयारीको क्रममा भएको अभ्यासमा दुई हवाईजहाज जुधेका रुसी सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार