नगर प्रमुख भामले गरे एकबर्षे कार्यकालको सार्वजनिक सुनुवाई

नगर प्रमुख भामले गरे एकबर्षे कार्यकालको सार्वजनिक सुनुवाई

कविराज कार्की , मुगु । मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले आफ्नो एक बर्षे कार्यकालमा गरेका विकास निर्माण तथा समृद्ध नगर निर्माणमा आफुले खेलेको भुमिकाबारे नगरवासी सामु सार्वजनिक सुनुवार्इ गर्नु भएको छ ।
नगर प्रमुख ले पाउने विभिन्न सरकारी सेवा सुविधाहरु आफुले उपभोग नगरी सिङ्गो नगरको विकास र नगरवासीको हितमा खर्चिने प्रतिबद्धता जाहेर गर्नु भएका भामले मतदाता सामु सार्वजनिक सुवार्इ गर्नु भएको हो ।
विगतका समयमा विकास निर्माण लगाएत स्थानीय स्तरमा हुने गरेका विभिन्न विथिती अन्त्य गर्दै  पारदर्शी र शुसासनको प्रत्याभुति दिन अहोरात्री खटिदै आउनु भएका नगर प्रमुख भामको कार्यशैली प्रति नगरवासी अत्यन्तै खुसि देखिएका छन् । 
५ बर्षे कार्यकाल भरिको आफुले पाउने पारीश्रमिक बाट एम्बुलेन्स खरिद गर्ने निर्वाचन ताका प्रतिबध्दता जनाएका भामले आवास, संचार, राशन जस्ता सरकारी सुविधाहरु नलिएर आफ्नै घरबाट दैनिक आउने जाने गरेका छन् ।
विकास आयोजनहरु मापडण्ड र गुणस्तर पुरा नगरी भुक्तानी गर्ने विगतको बेथिती अन्त्य गर्न र नागरिकलार्इ श्रम गरेर खान प्रेणा दिन आफै श्रममा अटिने नगर प्रमुख विष्णु कुमार भाम साच्चै नगरवासीको मन मुटुमा बस्न सफल हुन थालेको देखिन्छ ।
सुन्दर र सफा नगर निर्माण गर्ने परिकल्पना गर्नु भएका भामले आफै फोहर उठाएर नगरवासीलार्इ स्वावलम्बी बन्न सिकाउनुका साथै गमगढी बजारमा सार्वजनिक जग्गा र बाटो अतिक्रमण गरि बनाइएका घर टहरा हटार्इ सडक फराकिलो र सुन्दर बनाउन महत्वपूर्ण काम गर्न सफल हुनु भएका नगर प्रमुख भामले हप्ताका सात दिनलार्इ कार्य विभाजन गरि सार्वजनिक गरेर सेवाग्राहीलार्इ सहज बनाउनु भएको छ ।


स्थानीय निर्वाचनमा विजय भै नगर प्रमुखको जिम्मेवारी सम्हाले संगै विकास निर्माणमा हुने गरेकाआर्थिक अनियमिता लगाएत विभिन्न सामाजिक कुसंस्कारको अन्त्य गरी समृद्ध नगर निर्माणमा अहोरात्र खटिने नगर प्रमुख पाएकोमा आफुहरु भाग्यमानी भएको बजारवासी बताउने गर्छन् ।

नगर प्रमुख भामले आफ्नो एक बर्षे कार्यकालको मतदातालार्इ सुसासनको प्रत्याभुति दिन गर्नु भएको जनचासोको विषयमा सार्वजनिक सुनुवार्इ साँच्चै स्वागतयोग्य हुनुका साथै अरु जन प्रतिनिधिले पनि यसको सिको गरुन भन्दै कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा लगाएतका विभिन्न व्यक्तिहरुले आ आफ्नो धारणा राखेका थिए ।

अघिल्लो कार्यकाल वडा अध्यक्ष भएर मतदाताको मन जितेका  नगर प्रमुख विष्णु कुमार भामले  हप्तामा शुक्रबार र शनिबार सरसफार्इ र श्रमदानमा खटिन्छन भने मंगलबार अनुगमन र बाँकी दिन जनताको सेवाका लागि नगरपालिकामा बसेर काम गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार