नेपालगञ्जमा पनि लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेन

नेपालगञ्जमा पनि लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेन

 जावेद अहमद, नेपालगञ्ज । आर्थिक मन्दीको प्रभाव देशभरि नै परिरहँदा त्यसबाट पश्चिम नेपालको प्रमुख शहर नेपालगन्जपनि अछुतो रहन सकेको छैन । आर्थिक मन्दीले गर्दा यस क्षेत्रको राजस्व संकलन पनि प्रभावित भएको छ । जसका कारण आन्तरिक राजस्व कार्यालय नेपालगन्जले लक्ष्य अनुसारको संकलन गर्नु पर्ने राजस्व पनि संकलन गर्न सकेको छैन् । विश्वमा देखिएको आर्थिक मन्दीको असर व्यवसायमा पर्दा कर संकलनको अवस्था पनि निराशाजनक रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी गरि तीनवटा प्रदेशको प्रमुख ब्यापारिक केन्द्र भएका कारण बढी कर संकलन गर्दै आइरहेको आन्तरिक राजश्व कार्यालय नेपालगन्जले चालु आर्थिक बर्षको दश महिनासम्म पनि आप्mनो लक्ष्य भेटाउन सकेको छैन । कार्यालयले बैशाख मसान्तसम्म ६ अर्ब २१ करोड ४५ लाख २४ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेपनि ४ अर्ब ६४ करोड ७७ लाख ७६ हजार अर्थात लक्ष्यको ६० प्रतिशत मात्रै संकलन गरेको छ । चालु आर्थिक बर्ष २०७९÷०८० का लागि कुल ७ अर्ब ९६ करोड १७ लाख राजश्व संकलनको लक्ष्य राखेकोमा बैशाख मसान्तसम्म ७४.७९ प्रतिशत मात्रै राजश्व असुली गरेको आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत सुदिश कुमार अर्याल बताउनु हुन्छ ।

पछिल्लो समयमा परिरहेको आर्थिक मन्दीको प्रभाव व्यापारीक शहर नेपालगन्जको व्यवसायमा पर्दा घरजग्गा कारोबारमा कमी आउनु, सरकारी खर्च समेत लक्ष्य अनुसार नहुनु, गतबर्ष भन्दा कार्यालयको लक्ष्य बढी तोकिनु जस्ता बिभिन्न कारणले राजश्व असुली घटेको कार्यालयको बुझाई छ । राजस्व संकलनमा कमी आएपनि यस आर्थिक बर्षको अन्त सम्ममा कार्यालयले लिएको लक्ष्य अनुसारको राजस्व संकलन गर्नेमा आफुहरु प्रयासरत रहेको प्रमुख कर अधिकृत अर्यालको भनाई छ । यदि बजार सकारात्मक भयो भने लक्ष्य भेटाउन सक्ने अपेक्षा आन्तरिक राजश्व कार्यालय नेपालगन्जले लिएको छ ।

सरकारी खर्चको तुलनामा राजस्व संकलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गइरहेको भन्दै चिन्ता ब्यक्त भै रहँदा जिल्लावाट हुने कर संकलनको अवस्था पनि निराशाजनक छ । विश्व आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव व्यापार व्यवसायमा पर्दा पश्चिमको व्यापारिक केन्द्रमा समेत राजश्व असुलीमा गिरावट आएको हो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार