नक्कली शरणार्थी प्रकरणबारे छानबिन गर्न संसदीय समिति बनाउन रास्वपाको माग

नक्कली शरणार्थी प्रकरणबारे छानबिन गर्न संसदीय समिति बनाउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गरेको छ । 
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै रास्वपाका सभापति रवि लामिछानले अहिलेको छानविनले जनताले चाहेको जस्तो निष्कर्ष निकाल्न नसक्ने भन्दै संसदीय विशेष समिति बनाएर छानविन गर्न माग माग गर्नुभयो ।

उहाले यस प्रकरणमा बिभिन्न राजनीतिक दलमा आवद्ध व्यक्तिहरु र राज्यका बिभिन्न निकायहरुको नाम समेत आइरहेको अवस्थामा कसैलाइ विश्वास गर्न सक्ने अवस्था नरहेको जिकिर गर्नुभयो । उहाले यसमा नाम आएको व्यक्तिमाथि सोधपुछ र कारवाहीको दायरामा ल्याउन खुट्टा कमाउन नहुने बताउनुभयो ।
लगतै सभामुख देवराज घिमिरेले रास्वपाले राखेका बिषयमा ध्यानआकर्षित भएको बताउनुभयो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार