मुगुमा सडक निर्माणका लागि सरोकारवालाको गम्भीर चासो

मुगुमा सडक निर्माणका लागि सरोकारवालाको गम्भीर चासो

कविराज कार्की, मुगु । करिव एक दशक अघि मुगु जिल्ला सडक संजालमा जोडिए पछि मुगुवासीको जीवनस्तरमा सुधार आउन थालरेकाले पछिल्लो समय जिल्लावासी लगाएत सरोकारवालामा सडक निर्माणका बारे चासो र चिन्ता बढन थालेको छ ।

विगतको समयमा रोग भोक गरिवी जस्ता कहालीलाग्दा समस्या संग जुद्धै आइका मुगुवासीहरु सडक पुगे पछि सुविधा महसुस गर्न थालेको पार्इन्छ ।
सडकको महत्व बढदै जान थाले पछि जिल्लामा निर्माणाधिन सडकहरुको निर्माणकार्यलार्इ अघि बढाउन सरोकारवाला व्यक्तिहरु सम्बन्धित पक्षहरुलार्इ दबाब सिर्जना गर्न सक्रिय देखिएका छन् ।
सडक विभागद्वारा निर्माण भैरहेका राष्ट्रिय गौरवको आयोजना गमगढी नाक्चेलाग्ना सडक लगाएत विभिन्न सडक खण्डहरु निर्माणमा ढिलार्इ हुन थालेकालेका यस् आर्थिक बर्षमा सम्पन्न गर्नु पर्ने सडकहरु प्रति सरोकारवाला निकायहरुको गम्भिर ध्यान आकर्षण भएको देखिन्छ ।
प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाको लामो समयको प्रयास पछि सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र बिष्ट, विभिन्न सडक खण्डको निर्माण तथा स्तर उन्नतिको जिम्मा पाएका ठेकेदार तथा प्रतिनिधिहरु, नागरिक समाज, मुगु जिल्ला स्थित क्रियाशिल पत्रकार लगायतका जिम्मेवार व्यक्तिहरुको उपस्थितिमा सडक निर्माण कार्यमा जोड दिन गहन छलफल भएको थियो ।
छलफल कार्यक्रममा ठेकेदारहरुले यथाशिघ्र सडक निर्माण गर्ने र डिभिजन प्रमुख दिपेन्द्र बिष्टले कामको मुल्याङ्कनका आधारमा भुक्तानीको प्रकृया अघि बढाउने प्रतिबध्दता जनाएका छन् ।
सडक डिभिजन कार्यालय जुम्ला द्वारा निर्माणकार्य भै रहेका विभिन्न सडक खण्डहरुमा कतै स्तरउन्नति कतै चौडा बनाउने त कतै कलभर्ट निर्माण लगाएतका कामहरु भैरहेका छन् । 
ठेकेदार कम्पनिहरुले आफुले निर्माण कार्यको जिम्मा पाएका सडक खण्डहरुको काममा तदारुकता नदेखाएकाले सरोकारवाला निकायहरुको ध्यानाकर्षण देखिन्छ ।  
नाग्म गमगढी सडक कालो पत्रे र नाक्चेलाग्ना सडक निर्माणलार्इ आवश्यक बजेटको व्यवस्था गर्न सरकार लगाएत सम्बन्धित पक्षहरु संग मुगुवासीहरुले माग गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार