क्कली भूटानी शरणार्थी प्रकरणलाई राजनीतिको फण्डा नबनाउन केपी ओलीको सुझाव

क्कली भूटानी शरणार्थी प्रकरणलाई राजनीतिको फण्डा नबनाउन केपी ओलीको सुझाव

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणलाई राजनीतिको फण्डा नबनाउन सुझाव दिनुभएको छ ।
विहीबारबाट ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीले निष्पक्ष छानविन गर्नुपर्ने भन्दै सरकारमा रहेकाले यसलाई राजनीतिको फण्डा बनाउन नहुने बताउनुभएको हो । भ्रष्टाचारबिरुद्ध सशक्त भएर लाग्ने नीति एमालेको भएकाले निष्पक्ष छानविन र अविलम्व अघि बढाउनका लागि उहाले आग्रह गर्नुभयो । 

उहाले उक्त प्रकरणमा एमालेकै नेता लगाएत विभिन्न व्यक्तिहरूको नाम आइरहेकाले भ्रष्टाचार गर्ने कार्यमा जोसुुकै संलग्न भएपनि कारवाही हुनुपर्ने बताउनुभयो । ओलीले आरोप लागेको व्यक्तिलाई दोषी करार गर्न नहुने भन्दै आरोपबाट भागे सन्देह उत्पन्न हुने भएकाले टोप बहादुर रायमाझीले अनुसन्धानमा सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । 

प्रतिशोध राखेर वा पूर्वाग्रहपूर्ण ढंगले फसाउने प्रयास भएको अवस्थामा एमाले सहेर नवस्ने उहाले बताउनुभयो । अध्यक्ष ओलीले अहिले कर्मचारीलाई तलब खुवाउन मुस्किल पर्ने अवस्थामा अयोग्य लडाकुलाई दुई लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर अगाडि बढ्न खोजिरहेको आरोप लगाउनुभयो । 
ओलीले अहिले भ्रष्टाचारको बिरुद्धमा आवाज उठाउनेको मुख थुनिदिने प्रवृत्ति मौलाएको तर्क गर्नुभयो ।

अमरेशकुमार सिंहले संसद्मा भ्रष्टाचारको विरोध गरेपछि उनका बिरुद्ध अख्तियारमा उजुरी परेको उहाले बताउनुभयो । त्यस्तै ओलीले लामो समयदेखिको समस्यामा रुपमा रहेको भूटानी शरणार्थीलाई तेश्रो मुलुकमा पुर्नस्थापना गर्ने काम आफ्नै नेतृत्वमा भएको दावी गर्नुभयो । दुई दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा बिभिन्न १० वटा एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार