काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले वेल घेराउ गरेपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।
बुधबारको संसद बैठक सुरु हुनेबितिकै राप्रपाका सांसदहरु उठेर बोल्न समय माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले बोल्नका लागि समय नदिएपछि उनीहरुले विरोध जनाएका थिए । सो क्रममा सभामुखले नियमित कार्यसूची अनुसार शुन्य समयको कारवाही प्रारम्भ गरेपछि राप्रपाका सांसदहरुले वेल घेराउ गरेका थिए । वेल घेराउ गर्दै विरोध जनाएपछि सभामुख घिमिरेले १५ मिनेका लागि संसद बैठक स्थगित गर्नुभएको छ ।
राप्रपाका सांसदहरुले नक्कली भूटानी शरणार्थी प्रकरणमा धारणा राख्न खोजेको तर सभामुखले बोल्न नदिएका कारण विरोध जनाउनुपरेको बताएका छन् ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?