काठमाडौं । राष्ट्रिय युवा संघ नेपालकी सचिव विस्ना चन्दले संगठनको साधारण सदस्य पनि नरहने गरि राजीनामा दिनुभएको छ । संगठनको महाधिवेशनबाट महिला सचिव पदमा जिम्मेवारी पाएपनि अहिले सदस्य पद कायम हुने गरि निर्णय भएको भन्दै युवा संघको केन्द्रीय कमिटीको पूर्ण बैठक बसेकै दिन
चन्दले राजीनामा दिनुभएको हो ।
उहाले महाधिवेशनबाट सचिवको जिम्मेवारी दिएको र अहिले विना सल्लाह पदाधिकारी सरह मानेर सदस्य पदमा समावेश गरिएको भन्दै आपत्ति जनाउनुभयो ।
यसअघि नवौं महाधिवेशनबाट केन्द्रीय सचिव पदमा सर्वसम्मत निर्वाचित भएको र पछिल्लो महाधिवेशनमा सचिव पदमा नदोहरिने बताउदा पनि सचिवको जिम्मेवारी प्राप्त भएकोमा एकलौटी ढंगले सदस्य बनाउनुमा संगठनले महिलामाथि नै अपमान गरेको महशुस भएको उहाको गुनासो छ ।
राष्ट्रिय युवा संघ नेपालको एकलौटी निर्णय स्वीकार्य नभएको भन्दै आफुले राजीनामा दिएको चन्दको भनाइ छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?