आन्दोलनरत दललाई कामले जवाफ दिन्छौ–मेयर लामा

आन्दोलनरत दललाई कामले जवाफ दिन्छौ–मेयर लामा

अञ्जनी कुमार अधिकारी, उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा भएको अनियमिताको बिरुद्धमा कांग्रेस, माओबादी केन्द्र, जसपा, रा.प्र.पा लगायतका दल आन्दोलित बनेका छन् । उनिहरुले बिभिन्न किसिमको माग राख्दै चरणबद्ध आन्दोलन गर्ने घोषणा गर्दै बिहीवार नगरको बेल्टार बजारमा ¥याली निकालेका हुन । नगरले गरेका काम प्रती असन्तुष्टी जनाउदै कोण सभा र ¥याली गरेका थिए । कांग्रेस लगायतका दलहरुले नगरले गरेको नदिजन्य पदार्थ उत्खनको प्रकृया गलत भएको, करार कर्मचारी छनोट प्रकृया गलत भएको, कृषि क्षेत्रमा काम गर्न हेफर संस्था संग सहकार्य गरेको प्रती असहमती जनाउदै आन्दोल गरेका थिए ।

उनीहरुले बिहीवार नगरको बेल्टार बजारमा ¥याली सहित कोण सभाको आयोजना गरे पछी नगर प्रमुख कालुमान लामाले आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाले कांग्रेस लगायतका दलले गरेको आन्दोलनको कुनै तुक नभएको दावी गर्नु भयो । मेयर लामाले यो आन्दोलन केवल कानुनी राज्यको धज्जी उडाउने काम मात्र भएको आरोप समेत लगाउनु भयो । मेयर कालुमान लामाले चौदण्डीगढी नगरपालिकाले जनताको पक्षमा काम गरिरहेको हुँदा अहिले आन्दोलित दललाई तेही कामले जवाफ दिने समेत जिकिर गर्नु भयो । 

नगरमा भएका करार कर्मचारी हेरफेरलाई मेयर लामाले शुद्धीकरणको अभियान मात्र भएको बताउनु भयो । चौदण्डीगढी नगरपालिकामा आन्दोलित दलहरुले भने शुक्रबार बेल्टार बजार बन्द, आईतवार र सोमबार नगर भित्रका संघ संस्था तथा कार्यालय बन्दको घोषणा गरेका छन् । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 50%
  • 50%

सम्बन्धित समाचार