वन्यजन्तुको वासस्थान जोगाउन तालतलैया मर्मत र घाँसे मैदान व्यवस्थापनमा समस्या

वन्यजन्तुको वासस्थान जोगाउन तालतलैया मर्मत र घाँसे मैदान व्यवस्थापनमा समस्या

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको वासस्थान जोगाउन तालतलैया मर्मत र घाँसे मैदान व्यवस्थापनमा समस्या देखिएको छ । 
बजेट अभावसँगै कार्यविधि नभएका कारण चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापनमा समस्या देखिएको हो । निकुञ्जभित्र १० हजार हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम हुँदै आएपनि बजेट अभावले घाँसे मैदान व्यवस्थापनको काम क्षेत्रफलको हिसावले झन घट्दो क्रममा रहेको प्रमुख संरक्षण अधिकृत दिलबहादुृर पुर्जा पुनले जानकारी दिनुभयो । गर्मी बढेसँगै वनजंगल सुख्खा हुने र तालतलैया सुक्ने हुँदा वन्यजन्तु प्रभावित हुनसक्ने भएकाले तालतलैयाको मर्मत गरी पानीको व्यवस्थापन गर्न विगतदेखि सुरु भएपनि पछिल्ला बर्षहरुमा वजेट अभावले समस्या देखिएको छ ।

चितवन निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा, बाघ, भालु, चित्तल, जरायो लगायत दुर्लभ वन्यजन्तुको वासस्थान छ । तालतलैया, घोल र घाँसे मैदान भएन भने वन्यजन्तुले वासस्थान फेर्ने भएकाले तालतलैया संरक्षण र घाँसेमैदान व्यवस्थापनमा ध्यान मा राज्य नै गम्भीर बन्नुपर्ने संरक्षणकर्मीहरुको माग पनि छ ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली जनावरका लागि निकुञ्ज क्षेत्रभित्र घाँसेमैदान व्यवस्थापन तथा निर्माणको कामलाई प्राथमिकतामा राखेपनि यसका लागि विनियोजन हुँदै आएको बजेट अपुग चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवम सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापन तथा निर्माणलाई लक्षित गरेर कार्यविधि बनाउन प्रस्ताव पठाइएको छ । 

चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्ष २०७९÷८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान तयारगर्ने योजना बनाएको छ । दुलर्भ वन्यजन्तु एकसिगें गैडा, पाटेबाघ, हरिणलगायतका जनावरको संरक्षणका लागि निकुञ्जले घाँसेमैदान व्यवस्थापनको कामलाई प्राथमिकतामा राखेको छ । तर घाँसेमेदान व्यवस्थापन तथा निर्माणका लागि विनियोजन हुने रकम प्रयाप्त छैन ।

चालु आर्थिक वर्ष २०७९/०८० मा नयाँ घाँसेमैदान निर्माणका लागि २५ लाख र व्यवस्थापनका लागि ३३ लाख बजेट विनियोजन भएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार