एसीसी प्रिमियर लिग : अपराजित रहदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर लिग : अपराजित रहदै नेपाल सेमिफाइनलमा

काठमाडौं ।  राजधानीमा जारी एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारलाई हराउदै नेपाल अपराजित रुपमा सेमिफाइनल प्रवेश गरेको छ । 
बिहीबार किर्तिपुरस्थीत  टियु मैदानमा भएको खेलमा नेपाल ६८ रनले विजयी भएको हो ।  नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार २५ दशमलब १ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । कतारका लागि खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५÷१५ तथा अमिर फरिकले १४ रन बनाए । नेपालका लागि सन्दपि लामिछानेले ५ तथा सोमपाल कामीले ३ विकेट लिए । ललितनारायण राजवंशीले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ५७ रन मात्र बनायो । नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौका सहयोग सर्वाधिक ४२ रन बनाए ।  कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाए । ओपनर आसिफ शेखले २७ बलमा १९ रन बनाए । कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३÷३ तथा गयान मुनवारा २ विकेट लिए ।  चार खेलमा तीन जित र एक खेलमा अंक बाडेको नेपाल समूह ए को शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको छ । शनिबार नेपालले समूह बी को उपविजेतासँग फाइनल खेल्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार