पञ्चमहापुरुष योग र धर्मशास्त्र कार्यशाला आयोजना हुँदै

पञ्चमहापुरुष योग र धर्मशास्त्र कार्यशाला आयोजना हुँदै

काठमाडौं । पञ्चमहापुरुष योग र धर्मशास्त्रसम्बन्धी कार्यशाला गोष्ठी काठमाडौंमा बैंशाख १८ गते हुनेभएको छ । दक्षिण एसियाली ज्योतिष महासंघ, बागमती प्रदेशको आयोजनामा हुने कार्यशाला गोष्ठीमा ज्योतिष प्रोफेसरहरु सहभागी हुने भएकाले ज्योतिष तथा धर्मशास्त्र अनुरागीहरु र सर्वसाधारणहरुलाई सहभागी हुन अनुरोध गरिएको छ । 

कार्यक्रम काठमाडौंको डिल्लीबजारको होटल पेन्सन वास्नामा १८ गते बिहान ११ बजे नै सुरु हुने महासंघ बागमती प्रदेशका सभापति ज्योतिष पं. टिकाराम घिमिरेले जानकारी दिनुभयो । 
पञ्चमहापुरुष योग र धर्मशास्त्रसम्बन्धी कार्यशाला गोष्ठीमा सहभागतिाका लागि रु ११ सय तोकिएको छ भने सहभागीतापछि प्रमाणपत्र समेत दिइने उहाले बताउनुभयो । गोष्ठीमा ज्योतिषबिज्ञानसम्बन्धी छरिएका भ्रमहरुलाई पनि गोष्ठीमार्फत निदान गर्ने बताइएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार