अति बिपन्न परिवारका बालबालिकालाइ सहयोग गर्दै आएको हर्ड नेपाल नामक संस्थाले उदयपुरको एक बिद्यालयका जेहेन्दार बिधार्थीको पठनपाठनको जिम्मा लिएको छ । अमेरिकामा रहेको अफ लिभ द चाइल्ड नामक संस्था संगको सहकार्यमा हर्ड नेपालले उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ९ स्थित जनता नमुना माद्यामिक बिद्यालयमा अध्ययनरत ५० विद्यार्थीहरुको पठनपाठनको जिम्मा लिएको हो । “अफ लिभ द चाइल्ड“का संस्थापक साम भोनुमु र हर्ड नेपालका संस्थापक अध्यक्ष राकेश कुमार यादव समेतको उपस्थितिमा जनता मा.बि. हडियाका गरिव तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । उक्त संस्थाले उदयपुर जिल्लामै पहिलो पटक जनता मा.बि. हडियाका जेहेन्दार तथा अती बिपन्न परिवारका बिधार्थीलाई गत बर्षबाट सहयोग सुरुगरेको थियो । हर्ड नेपाल संस्थाले जनता नमुना मा.वी. हडियाका जेहेन्दार तथा अती बिपन्न परिवारका बिधार्थीलाई सहयोग गर्ने भएपछी बिद्यालयले निस्पक्ष तरिकाले अती बिपन्न परिवारका बिधार्थीलाई छनोट गरेको बिधालयका प्रध्यानध्यापक रामबहादुर राउतले जानकारी दिनुभए को छ । हर्ड नेपाल संस्थाले कक्षा १० उतिर्ण नहुन्जेल सम्मको लागि निरन्तर सहयोग गरिरहने जनाएको छ ।
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?