सरोकार टेलिभिजनका सम्पादक आलेलाई उमा सिंह स्मृति पत्रकारिता पुरस्कार

सरोकार टेलिभिजनका सम्पादक आलेलाई उमा सिंह स्मृति पत्रकारिता पुरस्कार

काठमाडौं । सरोकार टेलिभिजनका सम्पादक फुलमाया आलेलाई राशीको उमा सिंह स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । रिपोर्टर्स क्लब नेपालको २५ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सम्पादक आलेलाई उक्त पुरस्कार प्रदान गरिएको हो । 
स्वर्गीय पत्रकार उमा सिंहको स्मृतिमा स्थापित पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । उ

नले विगत एक दशक लामो समयदेखि नेपालको टेलिभिजन पत्रकारिता क्षेत्रमा सक्रिय रहेर जनतालाई सुसूचित गराएकी छिन् । त्यस्तै सरोकार टेलिभिजन तथा हिमालयन न्युज एजेन्सीका क्यामरापर्सन कृष्ण श्रेष्ठलाई क्रियाशिल युवा पत्रकारिता पुरस्कार–२०७९ बाट सम्मानित गरिएको छ । पुरस्कारको राशी १० हजार रुपैया रहेको छ । त्यस्तै कार्यक्रममा  जननेता मदन भण्डारीको नामबाट स्थापित एक लाख राशिको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस डटकमका प्रधान सम्पादक मात्रिका पौडेललाई प्रदान गरिएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार