पत्रकारको निःशुल्क आँखा परिक्षण

पत्रकारको निःशुल्क आँखा परिक्षण

उदयपुर १४ चैत

नेपाल पत्रकार महासंघ उदयपुर शाखाको आयोजनामा संचालित आँखा शिविरमा ६ दर्जन वढि सञ्चारकर्मीले निःशुल्क जाँच गराएका छन् । 
महासंघको ६८ औँ स्थापना दिवसको अवसरमा उदयपुर शाखाले सदरमुकाम गाइघाट स्थित मदन भण्डारी आँखा अस्पताल परिषरमा आयोजना गरेको शिविरमा ७४ जना पत्रकारले निःशुल्क जाँच गराएका हुन । परिक्षण गराएका मध्ये ३४ जनाको आँखाको ज्योति कमजोर बन्दै गएको फेला परेको छ ।  
नेपाल नेत्र ज्योति संघ, मदन भण्डारी आँखा अस्पताल र स्वास्थ्य कार्यालय उदयपुरको सहकार्यमा आयोजित आँखा शिविर तथा वुष्टर डोज खोप कार्यक्रममा ५५ जनाले कोरोनाविरुद्धको वुष्टर डोज खोप लगाएका छन् । 
उनीहरुलाई आँखाको अवश्थाको वर्गिकरणका आधारमा चस्मा प्रयोग गर्न चिकित्सकले सल्लाह दिएको महासंघका अध्यक्ष भरत खड्काले जानकारी दिए । उनले भने, ‘सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारहरुको दिनचर्य प्रविधिसँग वित्ने हुँदा आँखामा समस्या देखापरेको हुन सक्छ ।’ 
सधैजसो प्रभातफेरी, दिपप्रज्वलन, अन्तरक्रिया जस्ता कार्यक्रम गरेर मनाउँदै आएको दिवस यसपटक पत्रकारको स्वास्थ्य त्यो पनि आँखालाई केन्द्रभाग बनाएर कार्यक्रमको आयोजना गरिएको उनले बताए । खड्काले शिविरमा चिकित्सकले चस्मा लगाउन दिएको सुझाब अनुसार सबैलाई  नेपाल नेत्र ज्योति संघ र मदन भण्डारी आँखा अस्पतालको सहकार्यमा निःशुल्क चस्मा समेत वितरण गरिने छ । 
यसैविच नेत्र ज्योति संघको ४५ औँ तथा मदन भण्डारी आँखा अस्पतालको प्रथम स्थापना दिवसको अवसरमा कारागारका कैदीबन्दीलाई निःशुल्क आँखा परीक्षण गरिएको छ । कैदीबन्दीको आँखाको समस्यालाई मध्यनजरी गरी आयोजना गरिएको शिविरमा ७७ जनाले सेवा लिएको मदन भण्डारी आँखा अस्पतालका सहकोषाध्यक्ष कुमार घिमिरेले बताए । उनले अस्पतालाई नाफामुखी भन्दा पनि सेवामुखी हिसावले अघि बढाउन गाउँबस्तिमा निःशुल्क शिविर र शल्यकृया अभियान सञ्चालन गरिएको बताए । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार