मिटरब्याज पीडितहरुद्वारा काठमाडौंको माइतिघरमा धर्ना, ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी

मिटरब्याज पीडितहरुद्वारा काठमाडौंको माइतिघरमा धर्ना, ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी

काठमाडौं । बर्दिवासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म पैदलै आएका मिटरब्याज पीडितहरुले मंगलबार काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् । 
प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन जाने क्रममा टंगालमा रोकिएपछि उनीहरुले त्यहाबाट फर्केर माइतिघरमा धर्ना दिएका हुन् । प्रदर्शनमा सहभागीहरुले मिटर व्याजर विरुद्ध काून निर्माण गर, झुटा मुद्धामा गिरफ्तार गरिएका पिडितलाई रिहा गर, मिटर व्याज विरुद्ध कानून निर्माण गर, सहुलियत दरमा ऋणको व्यवस्था गर, पिडितलाई न्याय दे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

मिटरब्याज पीडितहरु माइतिघरमा धर्नामा बस्न सुरु गरेपछि बिभिन्न संघ संस्था तथा दलका नेताहरु ऐकवद्धता जनाउन पुगेका छन् । सो क्रममा मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपा सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको थियो । शाहीले आफुहरु वास्तविक पिडितको पक्षमा भएको भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गर्नुभएको थियो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार