हाइड्रोजन गाडी दिँदा पनि हाम्फालेपछि हामीले के गर्ने ?

हाइड्रोजन गाडी दिँदा पनि हाम्फालेपछि हामीले के गर्ने ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीले धोका दिएपछि आफुहरुले साथ छाडेको बताउनुभएको छ । 
सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको छलफलमा लिङ्देनले मुलकलाई अघि बढाउन सहमतिका साथ आफुहरु एकसाथ रहेको र प्रधानमन्त्रीले सहमति तोडेपछि आफुहरुले साथ छाडेको बताउनुभएको हो । उहाले प्रधानमन्त्रीले बाटो नै फेरेपछि लाचार भएर सरकारमा बसिरहन अनुचित हुने ठान्दै इमान्दारीता साथ समर्थन फिर्ता लिएको जिकिर गर्नुभयो । 

'अनुभव छ, लाइसेन्स भएको मान्छेलाई हाइड्रोजन गाडी दिएको। गाडी स्टार्ट नहुँदै पुरानै गाडी चलाउँछु भन्दै हाम्फालेपछि हामीले के गर्ने?' उनले भने,  'राप्रपाको अवस्था त यस्तो भयो कि गाडी पनि छ सिट पनि छ तर लाइसेन्स छैन। कुर्नुपर्ने भयो,' लिङ्देनले भने, 'अर्को यात्राको लागि शुभकामना छ। हाम्रो पनि सहयोग लिनुपर्ने दिन आउँछ।'

अब आफुहरु सीप पनि भएको र लाइसेन्स पनि भएको ड्राइभरको प्रतिक्षा गर्ने उहाको भनाइ छ । उहाले प्रधानमन्त्रीलाई नयाँ यात्राका लागि शुभकामना दिदै सरकारमा सहकार्य गर्न नसकेपनि अन्य राष्ट्रियताका बिषयमा सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो । 
उहाले सवैलाई सरकारमा लिएर जाने र सवैलाई भागबण्डा गर्ने परिकल्पना अहिलेको व्यवस्थाले नगरेको बताउनुभयो । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार