समान तलव भत्ता नपाएको भन्दै उदयपुरका शिक्षक तथा कर्मचारी आन्दोलित

समान तलव भत्ता नपाएको भन्दै उदयपुरका शिक्षक तथा कर्मचारी आन्दोलित

अन्जनी कुमार अधिकारी, उदयपुर । तह अनुसारको समान तलब भत्ता नपाएको भन्दै उदयपुरका विद्यालय शिक्षक तथा कर्मचारीले सरकारको ध्यानाकर्षण गराएका छन् । 
पद अनुसारको सेवा सुविधा पाउनु पर्ने माग राखि नेपाल विद्यालय कर्मचारी परिषद्, उदयपुरले शिक्षा विकास तथा समन्वय ईकाई मार्पmत शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका हुन । 
सामुदायिक विद्यालयमा लेखापाल, सह लेखापाल तथा कार्यालय सहयोगीहरुलाई नेपाल सरकारले  पद अनुसारको तलबको व्यवस्था नगरेकोले लेखापालले पाउने न्यूनतम तलब पाउनु पर्ने माग राखेका छन । 
विद्यालय शिक्षक तथा कर्मचारीहरुले शिक्षा समन्वय ईकाई मार्फत ज्ञापन पत्र बुझाउदै विद्यालय कर्मचारीहरुको सेवा सुविधा सहितको संघीय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेका छन । 
शिक्षा विकास तथा समन्वय ईकाइका निमित्त प्रमुख भवानी प्रसाद कट्टेललाई ज्ञापन पत्र बुझाउदै उमेरले हद पुरा गरेका विद्यालय कर्मचारीहरुलाई तत्काल उपदानको व्यवस्था गर्नुपर्ने लगाएतका पाँच बुदँे माग राखेको नेपाल विद्यालय कर्मचारी परिषद उदयपुरले जनाएको छ । 
उदयपुर जिल्लामा कार्यरत कर्मचारीहरुको तलब स्केल पालिका अनुसार फरक फरक निकासा भएको हुँदा उदयपुर जिल्लाका सवै पालिकाले समान तलब स्केल निकासा गरिनु पर्ने ज्ञापन पत्रमा उल्लेख छ । 
परिषदका उदयपुर अध्यक्ष लक्ष्मी कार्कीका अनुसार अहिले पनि पद अनुसारको तलब सुविधा नपाएकोले सम्पूणर् विद्यालय शिक्षक तथा कर्मचारीहरु आन्दोलित हुनु परेको छ ।
विद्यालय कर्मचारीहरुको पेशागत हक हित र अधिकार तथा सेवा सुविधा प्राप्तिको पहिलो चरणको आन्दोलनका रुपमा देशै भरिका सम्पुणर् स्थानीय तह र शिक्षा विकास समन्वय इकाईलाई यो ध्यानाकर्षण पत्र बुझाईएको अध्यक्ष कार्कीको भनाई छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार