आफ्नो नेतृत्वमा नेपाली टीमले राम्रो गर्ने अल्बर्टो एनीसको विश्वास

आफ्नो नेतृत्वमा नेपाली टीमले राम्रो गर्ने अल्बर्टो एनीसको विश्वास

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले आफ्नो नेतृत्वमा नेपाली टीमले राम्रो गर्ने विश्वास गर्नुभएको छ । 
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले 
नेपाली टीममा निकै सम्भावना रहेको उल्लेख गर्दै आफ्नो नेतृत्वमा राम्रो गर्ने विश्वास व्यक्त गर्नुभयो । 
नेपाली खेलाडीहरूका लागि अनुभव लिनु ठूलो चुनौती रहेको र अव नयाँ खेलाडी र नयाँ रणनीति निर्माण गर्नुपनेृमाा जोड दिनुभयो । नेपाली फुटवललाई सफल बनाउनका लागि खेलाडी नै मेहनत गर्नुपर्ने उहाको भनाइ छ । आफ्नो एक वर्षमा जित नै मुख्य लक्ष्य भएको उहाले बताउनुभयो । उहाले आफुले नेपाली फुटबललाई २–३ वर्षबाट पछ्याएका कारण पनि निकै सम्भावना देखेको धारणा राख्नुभयो । 
एन्फाले मुख्य प्रशिक्षक भिन्सेन्जोलाई एक वर्षको लागि नियुक्त गरेको हो ।  भिन्सेन्जोको नेतृत्वमा नेपालले प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म हुनेछ ।
 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार