रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को सम्मेलन मार्च १७ र १८ मा

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को सम्मेलन मार्च १७ र १८ मा

काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ ले यस बर्ष एक हजार बालिकामैत्री शौचालय बनाउने लक्ष्य लिएको छ ।  डिष्ट्रिक ३२९२ का डिस्ट्रिक्ट गभर्नर जितेन्द्र राज भण्डारीले महिला शिक्षालाई बलियो बनाउनका लागि बिभिन्न बिद्यालयमा सरकारसंग समन्वय गरेर एक हजार बालिकामैत्री शौचालय बनाउने लक्ष्य लिएको जानकारी दिनुभयो । मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंगको छलफलमा राजभण्डारीले बिगत ४० बर्षदेखि सरकारसंग पोलियो उन्मुलनका लागि सहकार्य गर्दै आएको बताउनुभयो । अहिले पनि बिभिन्न स्थानमा पोलियोसम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्दै आएको उहाको भनाइ छ ।

उहाले अहिले वातावरणलाई जोगाउनका लागि बृक्षारोपण देखि अन्य कार्यक्रम गरिरहेको बताउनुभयो । राजभण्डारीले डिष्ट्रिक ३२९२ ले मार्च १७ र १८ मा राष्ट्रिय सम्मेलन गर्ने र रोटरीले काम गर्ने सात विधामा चर्चा गर्दै प्रभावकारीता बढाउन केन्द्रीत हुने उल्लेख गर्नुभयो । सम्मेलनमा अमेरिकाका राजदूत डिन थोम्प्सनलाई बोलाएको उहाले बताउनुभयो । त्यस्तै सम्मेलनमा रोटरी इन्टनेशनलका निर्देशकले पनि सहभागीता जनाउने उहाको भनाइ छ । 

नेपाल र भुटानमा क्रियाशिल रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ मा १५५ क्लव ६ हजार रोटरियन रहेका छन् । ११८ बर्ष अघि स्थापना भएको संस्थाले सामाजिक सेवा गर्दै आएको राजभण्डारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार