चिनियाँ जनकंग्रेसबाट राष्ट्रपति सी जिनपिङको तेस्रो कार्यकाल अनुमोदन

चिनियाँ जनकंग्रेसबाट राष्ट्रपति सी जिनपिङको तेस्रो कार्यकाल अनुमोदन

चिनियाँ संसद जनकंग्रेसले राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको छ ।

सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका सीलाई जनकंग्रेसको चालु अधिवेशनले तेस्रो कार्यकालका लागि अनुमोदन गरेको हो ।

बैठकले सीलाई केन्द्रीय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित गरेको छ । यस्तै, जनकांग्रेसले हान चाङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ भने चाओ लचीलाई जनकंग्रेसको अध्यक्ष निर्वाचित गरेको छ ।

बैठकले जनकंग्रेस स्थायी समितिका १४ जना उपाध्यक्षसमेत चयन गरेको छ । बैठकले प्रधानमन्त्रीसहित बाँकी राज्य परिषद्का सदस्यहरु तथा अन्य सरकारी उच्च अधिकारीहरु पनि निर्वाचित गर्नेछ ।

राष्ट्रपति सी का निकट लि छियाङ नयाँ प्रधानमन्त्री बन्ने सम्भावना छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार