स्वर्गीय नेता अधिकारीको स्मृतिमा निशुल्क स्वास्थ्य शिविर

स्वर्गीय नेता अधिकारीको स्मृतिमा निशुल्क स्वास्थ्य शिविर

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको चौथो स्मृति सन्दर्भमा ज्येष्ठ नागरिकहरुका लागि निशुल्क स्वास्थ्य जाँच गरिएको छ । रोल........
शनिबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले काठमाडौंको कलंकी स्थीत नेपाल नेशनल हस्पिटल प्राङ्गणमा निशुल्क स्वास्थ्य जाँच गरेको हो ।

उक्त स्वास्थ्य शिविरमा ब्लड प्रेसर, सुगर, हाड जोर्नी, इसिजी, आखा लगाएतका चेक जाँचका तथा निशुल्क रुपमा नै औषधी वितरण गरिएको थियो भने निशुल्क चश्मा वितरण गरिएको थियो । त्यस्तै बृहत रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको स्वर्गीय नेता अधिकारीकी सुपुत्री लिमा अधिकारीले जानकारी दिनुभयो । 

कार्यक्रममा भरतमोहन अधिकारीले नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पु¥याउनु भएको योगदानको स्मरण गरिएको थियोे ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार