नेपालसँग खेल्ने पीएनजीको टोली घोषणा

नेपालसँग खेल्ने पीएनजीको टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल र यूएईसँग खेल्ने पपुवा न्युगिनी९पीएनजी० टोली घोषणा भएको छ । 

असद भालाको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा भएको हो । 

नेपाल अहिले घरेलु मैदानमा जारी रहेको विश्वकप लिग टू को नेपाल,नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिजमा व्यस्त रहेको छ । मंगलबार यो सिरिज सकिए लगत्तै नेपाल यूएई भ्रमणमा निस्कने छ । 

यूएईमा नेपालले घरेलु टोली र पपुवा न्युगिनिसँग समान २२ लिग टूको खेल खेल्नेछ । 

युएईमा २७ फेब्रुअरीमा नेपालसँग पहिलो खेल खेल्ने पपुवा न्युगिनीले ३ मार्चमा दोस्रो खेल खेल्नेछ । 

त्यस लगत्तै नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी तथा यूएईलाई त्रिकोणत्मक सिरिजका लागि निम्ता दिने छ ।

किर्तिपुरमा १० मार्चमा पपुवा न्यु गिनीसँग पहिलो खेल खेल्ने नेपालले १३ मार्चमा दोस्रो खेल खेल्नेछ । 

नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा २७ खेलमा २४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पपुवा न्युगिनि २८ खेलमा ५ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार