क्यान इन्फोटेक– २०२३ काठमाडौंमा सुरु

क्यान इन्फोटेक– २०२३ काठमाडौंमा सुरु

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा क्यान इन्फोटेक– २०२३ काठमाडौंमा सुरु भएको छ । 
काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेकको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उदघाटन गर्नुभयो । सो क्रममा मन्त्री शर्माले सूचना प्रविधिको प्रयोगले सार्वजनिक सेवालाई पारदर्शी बनाउन सकिने बताउनुभयो । राजनीतिक अस्थीतरताका कारण कुनै क्षेत्रलाई प्राथमिकता राख्ने भन्ने यकिन हुन नसकेको उहाले बताउनुभयो । अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने यस क्षेत्रलाई राज्यले संरक्षण र प्रवद्र्धन गर्न नसकेको भन्दै उहाले अव राज्यले सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकतामा राख्ने धारणा राख्नुभयो । त्यस्तै मन्त्री शर्माले नेपालका डेटा सेन्टरको मुख्य साँचो नै कहाँ छ भन्ने नै थाहा नभएको अवस्थामा राष्ट्रियताको कुरा गर्न नसुहाउने जिकिर गर्नुभयो । उहाले मुलुकका दक्ष जनशक्ति बाहिर जाँदा नेपालको काममा बाहिरबाट मान्छे ल्याउनुपर्ने बाध्यता रहेको धारणा राख्नुभयो । 


कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा उत्पादित कतिपय प्रविधि विश्वस्तरमै प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा रहेकाले हरेक सरकारी निकायमा नेपाली सफ्टवेयरको प्रयोगको नीति सरकारले लिनुपर्ने सुझाव दिनुभयो ।


सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक,  मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएको क्यानले जनाएको छ । त्यस्तै हरेक दिन आईसीटी सेमिनार सञ्चालन गरिने पनि आयोजक क्यानले जानकारी दिएको छ । क्यान इन्फोटेकको करिब साढे तीनले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार